//पत्रकार साउदमाथि हातपात गर्नेलाई कारवाहीको माग

पत्रकार साउदमाथि हातपात गर्नेलाई कारवाहीको माग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी,२१ असार । समाचारको विषयलाई लिएर दिनेश खबरकर्मी कमल साउदमाथि दुव्र्यवहार तथा हातपात गर्नेलाई कारवाहीको माग गरिएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, पत्रकार महासंघ कैलाली, प्रेस यूनियन कैलाली र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै घटनाप्रति आफ्नो गम्भीर ध्यानाअकर्षण भएको जनाएका छन्। 

माछापालन सम्बन्धी समाचारको विषयलाई लिएर पत्रकार सावदमाथि गरिएको घटनाको निन्दा गर्दै पत्रकारको हकहितका लागि बोल्ने चारै संगठनले पत्रकारलाई हतोत्साहित हुनेगरी दुव्र्यवहार नगर्न र घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्। पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समाचार प्रकाशन र प्रशारणका बारेमा विमती भए हरेक नागरिकलाई कानूनी उपचारको बाटो रोज्ने हक छ। तर उत्तेजित भइ पत्रकारलाई हातपात गालीगलौज गर्ने कार्य निन्दनिय छ। महासंघ घटनामा संलग्नलाई कारबाहीका लागि माग गर्दछ। 

यस्तै पत्रकार महासंघ कैलालीका सचिव मिन ठकुरी, नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा र खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदिप पाठकले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर कानुनी बाटो हुँदाहुँदै हातपातमा उत्रनु कानूनी राजको धज्जी उडाउनु भएको ठहर गर्दै सञ्चारकर्मीलाई भयरहित वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण बनाइदिन सम्बन्धित पक्षलाई माग गरेका छन्। 

आइतबार दिउँसो रिर्पोटिङका लागि कृषि मन्त्रालय पुगेका दिनेश खबरका वरिष्ठ संवाददाता कमल सावदमाथि पशुपंक्षी विकास महाशाखाका प्रमुख डाक्टर हेमराज अवस्थीको कार्यकक्षमै धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरका हर्कबहादुर देउवा र उनका छोरा ठक्कर देउवाले दुव्र्यवहार गर्दै हातपात गरेका थिए।